Navigation
निमजिनको पुन: प्रकाशन नीति NIMJN Mar 05, 2025

हाम्रो वेबसाइटमा प्रकाशित निमजिनका फेलो तथा रिपोर्टर्सद्वारा उत्पादित समाचार, फिचर तथा खोजमूलक सामग्रीहरू आफ्नो सञ्चारमाध्यम (पत्रिका, अनलाइन, रेडियो, टेलिभिजिन लगायतका  प्लेटफर्म) मा पुनः प्रकाशित गर्न चाहनुहुन्छ भने यसको प्रक्रिया निम्नानुसार छ ।

चरण १. हामीलाई थाहा दिनुहोस्

तपाईंले पुनः प्रकाशित गर्न चाहेको हाम्रो समाचार, फिचर तथा खोजमूलक सामग्रीहरूको शीर्षक, सामग्री पुनः प्रकाशित हुने तपाईंको मिडियाको संक्षिप्त परिचय (अनलाइन हो भने वेबसाइटको URL ठेगाना) सहित [email protected] मा इमेल पठाउनुहोस् ।

चरण २. निमजिनबाट प्रकाशनको अनुमति पाएपछि यसलाई पुनः प्रकाशित गर्नुहोस् ! पुनः प्रकाशन गर्दा निम्न मापदण्डहरू पूरा गर्नुहोस् ।

क. समाचार तथा खोजमूलक सामग्रीहरूको शीर्षकमा कुनै परिवर्तन गर्न पाइने छैन । यो हाम्रो वेबसाइटमा प्रकाशित भएकै रूपमा हुनुपर्छ ।


ख. बाइलाइन निम्नमध्ये कुनै एक तरिकामा लेखिएको हुनुपर्छ ।

विकल्प क: रिपोर्टरको नाम/निमजिन
विकल्प खः निमजिनका लागि रिपोर्टरको नाम

३. फोटोहरू निमजिनको वेबसाइटमा देखिएजस्तै गरी क्रेडिट दिएर राख्नुपर्छ ।


४. तपाईंले पुनः प्रकाशन गर्न चाहेको सामग्रीमा रहेका श्रव्यदृश्य, डेटा तथा अन्य तेस्रो पक्षका सामग्री पनि इम्बेडकोड प्रयोग गरी राख्नुहोस् ।


५. आमुख (पहिलो अनुच्छेद) पछि हाम्रो वेबसाइटमा समाचार, फिचर तथा खोजमूलक सामग्रीको पहिचान खुल्ने लोगो राख्नुपर्नेछ ।  

(क) निमजिन इन्भेस्टिगेटिभ: अन्तर्गत प्रकाशित समाचार तथा खोजमूलक सामग्रीहरूका लागि निम्न लोगो प्रयोग गर्नुहोस्:

investigation-1719398034.png

ख) निमजिन फिचर: अन्तर्गत प्रकाशित समाचार तथा खोजमूलक सामग्रीहरूका लागि निम्न लोगो प्रयोग गर्नुहोस्:

features-1719398032.png

ग) निमजिन डीईआई इन फोकस: अन्तर्गत प्रकाशित समाचार तथा खोजमूलक सामग्रीहरूका लागि, निम्न लोगो प्रयोग गर्नुहोस्:

dei-in-focus-1719398032.png

६. पुनः प्रकाशित समाचार, फिचर तथा खोजमूलक सामग्रीको अन्त्यमा निम्न कुरा उल्लेख गर्नुहोस्: 


यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो । (www.nimjn.org मा तपाईंले साभार गरेको सामग्रीको लिंकब्याक गर्नुहोस् ।)

 

Comments