Nepal Investigative Multimedia Journalism Network (NIMJN) is a Nepal-based non-profit independent media organization that provides advanced investigative multimedia reporting training and mentorship for journalists to produce investigative multimedia stories.
NIMJN is organizing a three-day residential training on Reporting on Humanitarian Crises and Disasters Using Solutions Journalism, providing the latest technical, practical and theoretical reporting skills from December 9 to December 11, 2024| Mangsir 24 to Mangsir 26, 2081 in Kathmandu .
Topics covered in the training include:
- Introduction to Investigative Journalism
- Reporting on Humanitarian Crises and Disasters Using Solutions Journalism
- Multimedia storytelling
- Online tools for reporting
- Ethics and safety of journalists
- Generating story ideas and hypothesis
- Mental well-being for journalists
- Visit to the disaster-affected areas- and many more.
Tentative schedule:
Day 1: Full-day (8 am to 6 pm)
Day 2: Full-day (7 am to 6 pm)
Day 3: Full day (8 am to 5 pm)
*This training is free and has only limited seats available. If selected, the participants will have to commit fully to the three days of training, and will have to stay all the nights in the provided accommodation as it is a residential training.
Interested journalists from Kathmandu, Lalitpur, Dhading, Chitwan, Rasuwa, Nuwakot and Makawanpur districts can apply for this training. For registration please fill the form below in Nepali or English.
This training is supported by the Humanity United.
**Important: This training is open to journalists from Kathmandu, Lalitpur, Dhading, Chitwan, Rasuwa, Nuwakot and Makawanpur districts only. Priority will be given to early-career journalists and journalists from DEI (Diversity, Equity, and Inclusion) background. Following the training, five of the participants from the training will be selected for fellowship by NIMJN.
Last day to apply: December 5, 2024| Mangsir 20, 2081 (Thursday)
---- ----
नेपाल इन्भेष्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (NIMJN) गैरनाफामुलक स्वतन्त्र सञ्चार संस्था हो। यसले खोजमुलक मल्टिमिडिया समाचार लेखन तथा उत्पादनका लागि तालिम तथा मेन्टरसिप प्रदान गर्दै आएको छ ।
NIMJN ले नवीन प्राविधिक, व्यावहारिक र सैद्धान्तिक रिपोर्टिङ सीप सहित समाधान पत्रकारिता मार्फत मानवीय संकट र प्रकोप केन्द्रित खोजमुलक र गहन रिपोर्टिङ् गर्ने बारेमा ३ दिने आवासीय तालिम आयोजना गर्दैछ ।
यही मंसिर २४ देखि २६ गतेसम्म हुने तालिममा खोज पत्रकारिताको परिचय, विपद् प्रभावित क्षेत्रको भ्रमण सहित समाधान पत्रकारिता प्रयोग गरी मानवीय संकट र प्रकोप केन्द्रित रिपोर्टिङ्ग, मल्टिमिडिया स्टोरी टेलिङ्ग, परिकल्पना निर्माण, रिपोर्टिङ्गका लागि उपयोगी अनलाइन टुल्स, आचारसंहिता, पत्रकारहरूको मानसिक स्वास्थ्य, समाचार संकलनका क्रममा अपनाउनु पर्ने सुरक्षा तथा समाचार लेखन लगायतका विषय समावेश हुनेछन्।
अस्थायी तालिका:
पहिलो दिन : पूरा दिन (८ बजेदेखि ६ बजेसम्म)
दोस्रो दिन : पूरा दिन (७ बजेदेखि ६ बजेसम्म)
तेस्रो दिन : पूरा दिन (८ बजेदेखि ५ बजेसम्म)
*यो तालिम आवासीय भएको हुँदा छनोट भएका सबै पत्रकारहरू तालिमका सबै सत्रमा सहभागी भएर आयोजकले व्यवस्था गरेको आवासमा बस्नु पर्ने छ । यो तालिम नि:शुल्क हो र सिट सिमित छ ।
**यो तालिम लिन चाहने काठमाडौं, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, चितवन र मकवानपुर जिल्लाका इच्छुक पत्रकारहरूले नेपाली वा अंग्रेजी भाषामा तलको फारम भर्नुहोस्।
यो तालिम ह्युम्यानिटी युनाइटेडको सहयोगमा सञ्चालन गरिँदै छ।
*फारम भर्ने अन्तिम मिति : डिसेम्बर ५, २०२४ । मंसिर २०, २०८१ (बिहीबार)
**यो तालिम काठमाडौं, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, चितवन र मकवानपुर जिल्लाका पत्रकारहरूका लागि मात्र खुला छ । पत्रकारिता क्षेत्रमा भर्खरै प्रवेश गरेका र विविधता, समता र समावेशीता (DEI) पृष्ठभूमिका पत्रकारहरूलाई प्राथमिकता दिइनेछ । तालिमपछि ५ जना पत्रकारलाई लेखनवृत्ति (फेलोसिप) प्रदान गरिने छ ।
--------